काेहलपुर ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पश्चिम नेपालमै पहिलो पटक ‘रेम्डेसिभिर’ औषधिको प्रयोगबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । कोरोना संक्रमिणको गम्भीर लक्षण एक संक्रमितलाई औषधि दिएर उपचार शुरु गरिएको हो ।
कोरोनाको गम्भीर खालको लक्षण देखिएका उनलाई अन्य विधिबाट उपचार गर्दा सुधार नभएपछि विश्व मै नयाँ उपचार विधिको रुपमा प्रयोग हुँदै आएको ‘रेम्डेसिभिर’ अर्थात एन्टि भाइरल औषधिको प्रयोग गरेर उपचार शुरु गरिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।
यो औषधि सोमबार कोरोना संक्रमण पुष्टि भइ साँझबाट कोहलपुरमा उपचार शुरु गरिएका बिशालनगर–३ धनगढी घरभइ हाल नेपालगञ्जमा बस्दै आएका एक ४८ वर्षीय पुरुषमा नयाँ औषधि प्रयोग गरिएको हो ।
उनलाई अन्य विधिबाट उपचार गर्दा स्वास फेर्ने र खोकी लाग्ने समस्या समाधान नभएपछि एन्टि भाइरल औषधि अर्थात ‘रेम्डेसिभिर’ औषधिको प्रयोगबाट उपचार शुरु गरिएको हो । मध्य तथा सुदूरश्चिम क्षेत्रमा पहिलो पटक कोरोना संक्रमितको उपचारको लागि प्रयोगमा ल्याइएको यस प्रकारको उपचारको नेतृत्व डाक्टर श्याम विश्वकर्माले गरेका छन् ।
डाक्टर सन्देश पण्डित लगायतको टिम पनि यसमा संलग्न छ । डाक्टर विश्वकर्माले हाल सम्म संक्रमितको उपचारको लागि पत्ता लागेका उपचार विधि मध्ये हालसम्म कै कोषेढुंगा सावित हुन सक्ने बताए । उनका अनुसार यो कोरोना नामक भाइरसलाई कुनै पनि व्यक्तिमा शरिरमा बृद्धि, विकास हुनबाट रोक्ने एक प्रकारको औषधि हो । यसलाई एन्टी भाइरल औषधि भनिछ । यो औषधि कोरोनाको गम्भीर लक्षण भएका र अक्सिजन लगाएको भएपनि यसको मात्रा नपुगेका तर भेन्लिलेटरमा नभएकालाई पाँच दिनसम्म दिइन्छ ।
र कोरोनाको गम्भीर लक्षण देखिएका र भेन्टिरलेटरमा राखिएका संक्रमितलाई १० दिनसम्म यो औषधि दिइन्छ । ‘यो औषधि विश्वमा निकै विश्वसनीय देखिएको छ । यो औषधिको प्रयोगबाट मृत्युदरमा समेत कमि आएको तथ्यांकले देखाउँछ । यो औषधिबाट उपचार गर्नको लागि नेपालमा समेत आइसक्यो । कोहलपुरमा पनि यो औषधि सफल हुने हाम्रो पूर्ण विस्वास छ ।’ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, मेडिसिन विभागका ऐसिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ फिजिसियन समेत रहेका डाक्टर विश्वकर्माले भने । ’रेम्डेसिभिर’ औषधि प्रायजसो कोभिडका गम्भीर बिरामीलाई प्रयोग गरिन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएर आइसियुमा राखिएका बिरामीलाई पनि प्रयोग हुन्छ ।
एन्टि भाइरल औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ट्रायल रिसर्ज गरिरहेको छ । यस रिसर्जको संयोजकमा डाक्टर सुमित पाण्डे छन् । यसमा डाक्टर आसिम किदवाइ समेत सामेल छन् । परिषद्को यस रिसर्जको कोडिनेटर समेत डाक्टर श्याम विश्वकर्मा हुन् ।
यो उपचार पद्धतिको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरुको टोलीहरुले नै शुरु गरेको हो । कोरोना भाइरस विरुद्धको औषधि ‘रेम्डेसिभिर’ अर्थात एन्टि भाइरल औषधि एउटा संक्रमितलाई प्रयोग गर्नको लागि २५ देखि ३५ हजार रुपैयाँ लाग्ने उनको भनाई छ । जसको प्रति सिसी (पर भायल) ४ हजार ४ सय रुपैयाँ मूल्य पर्छ ।
जुन नेपाल सरकारले कोरोना संक्रमितहरुलाई निःशुल्क प्रदान गर्छ । उनले मंगलबार ‘रेम्डसिभिर’ औषधि दिइएका संक्रमितलाई नै बुधबार ‐आज) प्लाज्मा समेत दिइने जानकारी दिए । अहिले कोहलपुरमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १२ जना कोडिभ आइसियू र ८ जना कोभिड वार्डमा छन् । मंगलबार साँझ नै कोहलपुरबाट कोरोनाको सफल उपचार पछि एक १२ वर्षीय बालक र अन्दाजि ३५ वर्षीय आमा डिस्जार्च भएका छन् ।










प्रतिक्रिया दिनुहोस्