करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु



बाँकेको राप्तीसोनारीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जंगली बँदेललाई मार्न थापिएको विद्युतीय धरापमा परेर राप्तीसोनारी वडा नं.२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको हो ।

सोमवार राती आफ्नै धानबारीमा माछा मार्न गएका थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । धानबारीमा आउने बँदेल मार्ने उद्देश्यले स्थानीयले थापेको करेन्ट लागेर उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १६ गते मंगलबार