शिवु खनाल
दाङ । प्यूठानमा बिषालु च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । प्यूठानको नौ बहिनी गाउँपालिका वडा नम्बर ६ धारखोलाका बिष्णु घर्तीका दुई छोरा सुगम र सुरेशको च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
उनिहरुले ३१ साउनमा जंगलबाट ल्याएर च्याउ खाएका थिए । त्यसयता बिरामी परेका घरका पाँच जना मध्य सुगम र सुरेशको सोमवार राती घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्रकुमार कार्किले जानकारी दिए ।
उनका अनुसार बिष्णु उनकी श्रीमती र एक छोरा पनि बिरामी रहेको र उनिहरुको प्यूठान जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।।
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्