कोहलपुर वडा नम्बर १० कार्यालयको वडा प्रोफाइल (दोस्रो संस्करण) बिमोचन



कोहलपुर ।

कोहलपुर नगरपालिका १० वडा कार्यालयले वडा प्रोफाइल (दोस्रो संस्करण) बिमोचन गरेको छ । मंगलबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी थारुले संयूक्त रुपमा वडाको कार्यालयको वडा प्रोफाइल (दोस्रो संस्करण) बिमोचन गरिएको थियो ।

कोहलपुर नगरपालिका १० वडा अध्यक्ष निरज चलाउनेले जनतासंग प्रत्यक्ष रुपमा घर आगनको कार्यक्रममार्फत तथ्थांक संकलन गरेको बताए । प्रोफाइलले वडाको आगामी योजना र कार्यक्रम र निति बनाउन सहज हुनेछ उनले भने यो भनेको दस्तावेज हो ।

वडाको प्रोफाइलमा वडाका सम्पूर्ण गतिविधिहरुलाई समेटेको उनको भनाई थियो । साथै सोही कार्यक्रममा कोभिड १९ को प्रभावका कारण प्रभावित समुदायलाइ सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिलाई सम्मान समेत गरेको थियो । जसमा नेपाली कांग्रेस नगर समिति, लक्ष्यशिला माध्यामिक विद्यालय, त्रिभुवन माध्यामिक विद्यालय, जिवन ज्योति विद्यालय, समाजसेवी भवानी बहादुर थापा लगायत सम्मान भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १३ गते मंगलबार