बाँकेका विभिन्न पालिकामा झुण्ड देखिएको छ । नेपालगन्जको पूर्वी क्षेत्र हुदैं बिहीबार विहान नेपालगन्जमा ठूलो संख्यामा सलह आएको देखिएको छ । बिहान करिब १० बजेतिर नेपालगञ्जका विभिन्न स्थानहरुमा सलहको झुण्ड देखिएको हो ।
सुरुमा वडा नम्बर २१ र २२ पुरैना पुरैनी क्षेत्रमा देखिएको सलह यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ सेतु विक चोक, न्यूरोड नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर, सल्यानीबाग लगायतको क्षेत्रमा देखिएको छ ।
बुधबार मात्रै बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो ।
नेपालगन्ज सहरको आकाशमा सलह देखिएपछि स्थानीयहरु त्रसिद बन्नुका साथै सलह हेर्नकै लागि घरबाहिर, घरको छत तथा सडकमा स्थानीयको भिड समेत लागेको छ । यद्यपी बाँकेका विभिन्न क्षेत्रमा सलह देखिएसगैं किसान चिन्तित बनेकाछन् ।
भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको सलह नरैनापुर गाउँपालिकाको गंगापुर हुदै हिजो बुधबार डुडुवामा प्रबेश गरेको थियो भने यतिबेला सलहको झुण्ड नेपालगन्ज सहरको आकाशमा बाक्लो रुपमा देखिएकोछ ।
बाँकेको डुडुवा गाउँपालिकामा बुधबार सलह प्रबेश गरेपछि गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्