कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन नेपालमा समेत डेढ महिनादेखि लकडाउन जारी छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढिरहेको नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेका छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि स्थानीय तहहरुले समेत काम गरिरहेको अवस्था छ । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने काम जारी छ । वडा स्तरमा समेत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि विभिन्न कामहरु भइरहेका छन् । सोही सन्दर्भमा कोहलपुर नगरपालिका वडा नम्बर ८ मा के कस्ता कामहरु भइरहेका छन् भनेर डिल्ली शाहीले वडाध्यक्ष रेशम खत्रीसँग कुराकानी :-
१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता कामहरु भइरहेका छन् ?
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारणले विश्व नै विपद्मा परेको छ । नेपाल सरकारले पनि कोरोना संक्रमणबाट रोकथाम तथा नियन्त्रण गर्नेका लागि लकडाउनलाई पहिलो प्राथामिकतामा राखेको छ । त्यसलाई पूर्ण रुपमा लागु तथा कार्यान्वयन गर्नका लागि कोहलपुर नगरपालिका र हाम्रो वडा कार्यालयबाट निरन्तर खटिरहेका छौं । कोरोना संक्रमणबाट बच्न र रोकथाम गर्न लागि विभिन्न घरदैलो कार्यक्रम, जनचेतनामूलक सूचनाहरु माकिङ्ग गरी वडाबासीहरुलाई सचेतना गराईरहेका छौं ।
२. कोरोना संक्रमण फैलिएका क्षेत्रबाट तपाईको वडामा लुकिछिपी वडाहरुमा प्रवेश गर्न सक्ने संभावना हुनसक्छ । यसतर्फ वडाले के गरिरहेको छ ?
अहिलेसम्म मेरो वडामा कुनै पनि लुकिछिपी आएका छैनन् । मैले प्रत्येक टोलमा १÷१ जना स्वयम्सेवक खटाएको छु । वडामा १२ वटा टोलहरु रहेका छन् । कोरोना संक्रमण क्षेत्र भारतबाट एक जना आएका थिए । उनीलाई कोहलपुर नगरपालिकाले बनाएको क्यारेन्टीनमा १५ दिनसम्म राखियो र उनको परीक्षणपछि घरमा आउन दिइयोे । यस्तै काठमाण्डौंबाट आएका पाँच जनालाई पनि क्वारेन्टीनमा राखि स्वास्थ्य परीक्षणपछि मात्र घर पठाइएको थियो । अहिलेसम्म हाम्रो वडाका ४ जना स्थानीयलाई शंकाको भरमा स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुको नेपालगञ्ज लगी स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको पनि स्वास्थ्य अवस्था राम्रो रहेको छ । अझै भारतको सिम्लामा ५०÷६० जनाको टिमलाई तपाईहरु त्यही बस्नुहोस् भनी रोकेको छु । उनीहरुले २ महिना भैसक्यो कमाएको पनि खाएर सकिन लागि सक्यो भनेका छन् ।
३. वडाबाट कति घरपरिवारलाई राहत वितरण गर्नुभयो र कसरी राहत वितरण गरिरहनुभएको छ ?
हाम्रो वडाले पहिलो चरणमा राहत वितरण गरि सकिएको छ । कोहलपुर नगरपालिकाले ६ सय ५० जनालाई राहत वितरण गर्ने भनी ११ सयका दरले ७ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर हामीले ६ सय ६८ जनालाई राहत वितरण ग¥यौ । कुनै पनि व्यक्तिलाई ११ सय भन्दा १ पैसाको पनि कमी छैन् । प्रति घरधुरीलाई १५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी तोरीको तेल दिएका थियौं । राहत वितरण गर्दा वडा कार्यालयमा सर्वदलिय बैठक राखेर यहाँका नेकपा, नेपाली काँग्रेस, राप्रपा, सामुदायिक वनका पदाअधिकारी, सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निजी विद्यालयका संस्थापक, टोल सुधार समितिका संयोजक र आमा समुहका संयोजकहरुको १६ समितिको टिम निर्माण ग¥यौं । मैले उक्त टोलीले गरेका कामको अनुगमन गर्ने भनी सर्वदलिय बैठकबाट निर्णय गरी राहत वितरणमा सफल भएका छौं । अब दोस्रो चरणको राहतमा जनतालाई दासी बनाएर वितरण गर्दिन । राहत लिने व्यक्तिको तमशुक बनाई भोलि काममा लगाउने भन्ने कुरोकोे विरोध गरिरहेको छु । राहत मागको फारम भरेको छैन । हाम्रो वडामा १ वर्षसम्म खान पुग्ने कोही पनि जनताहरु छैनन् । वडामा ८ सय ४६ घरधुरीहरु रहेका छन् । मैले भिख मागेर मेरो जनतालाई दासी बनाउँदिन । भोलि मर्ने की बाँच्ने भन्ने ठेगान छैन । अहिले जनता समस्यामा परेका छन् । राहत भनेको फ्रि मा वितरण गर्ने चिज हो । उधारोमा काम लगाउने जस्तो होइन । नेपाल सरकारको निती, कार्यपालिकाबाट गरेको निर्णय होस् यो मान्य हुनेछैन । यसमा मेरो फरक धारणा रहेको छ । राहत दिने भनेको शुद्ध मनले दिने हो । कसैको काम लगाउने, वा अन्य बाहानामा राहत कार्यक्रमलाई धमिलो बनाउन पाइदैन । आफ्नो वडामा कस्को कस्तो अवस्था छ ? कस्ले खाना पाएको छैनन् ? कस्को घरमा चुलो बलेको छैनन ? भन्ने एउटा वडा अध्यक्षलाई थाहा हुँदैन । मेरो वडामा कस्को घरमा के छ ? कस्को घरमा को–को बस्दछन् ? भन्ने सूचना हाम्रो सर्वदलिय टोलीको रेकर्डमा छ । जनताको अगाडि उभिन चाहान्छु तर नगरपालिको गेटमा उभिएर भिख माग्न चाहान्न ।
४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाइको वडामा के छ ?
अहिलेसम्म वडा कार्यालयमा गुनासाहरु आएका छैनन् । कोहलपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालयले राहत वितरणको प्रक्रिया कोहलपुरका अन्य वडाले सिक्नुपर्दछ । वडामा ३० घर भन्दा बढिलाई १ वर्षसम्म पुग्दैन । अन्य भनेका गरिखाने, परिश्रम गर्ने, सिकर्मी, डकर्मी, शिक्षक, विद्यार्थी, रिक्सा चालक, अटो चालक वर्गका व्यक्ति छन् । वडामा बस्ने बासीन्दा हो या त अन्य जिल्लाबाट आएका व्यक्ति होस कुनै पनि भोगै बस्ने छैनन् । हामीले वडा कार्यालयबाट कुनै समस्या परेको खण्डमा सर्वदलिय समिति वा मलाई सम्पर्क गर्ने भनी सूचना जारी गरेका गरिसकेका छौं । आफ्नो वडामा एउटा दलले अर्को दलले पहुँचवाला भन्ने त हो तर अहिलेसम्म कसैले कसैलाई दोष लगाएका छैनन् । मैले निरन्तर अनुगमन गरिरहेको छु । राति ११÷१२ बजेसम्म पनि जनताको घरदैलोमा गएर समस्याको पहिचान गर्ने कार्य गरिरहेको छु । तथ्थांक संकलन र अध्ययन गरी निकालेपछि कुनै पनि समस्या आउँदैन । कोहलपुरका केही वडाहरुमा राजनितिकरण हिसावले राहत वितरण गरेका छन् । यस्तो कार्यलाई रोक्नका लागि कोहलपुर नगरपालिकाले कदम चाल्नुपर्ने आवश्यक देखिन्छ ।
६. लकडाउनका कारणले कृषकहरु निकै मर्कामा परिरहेका छन् । तपाईको वडामा कस्तो अवस्था छ ?
कोहलपुर नगरपालिकाको अन्य वडामा भन्दा बढि कृषि उत्पादन हुने वडा भनेको हाम्रो वडा हो । कुनै कृषक मर्कामा परेका छैनन् । तर कोहलपुरका प्रतिष्ठीत संस्थाहरुले भारतीयबाट ल्याएर नेपालका आग्रानिक तरकारी÷गाउँको तरकारी भनी बजारमा घुईयाको भाउमा विक्रि वितरण गरिएको छ । नेपालको तरकारी कृषकहरुले सबैको घरघरसम्म पु¥याउन सकेका छैनन् । उनीहरुको तरकारी आफ्नै घरबाट बिक्रि वितरण हुन्छ । म पनि वडा अध्यक्ष हुँ तर मैले डेढ कठ्ठामा तरकारी उत्पादन गरेको छु तर मैले सबैको घरघरमा पु¥याउन सकेको छैन । कृषकहरुलाई समस्या भनेको मुख्य दलालले गर्दा समस्या परेको छ । जुन भारतबाट तरकारी ल्याउने गाउँबाट ल्याएको तरकारी भनी सस्तोमा बिक्रि गरेपछि नेपालका कृषकहरु मर्कामा पर्दैनन् ।
७. अत्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
कोरोना भाइरस(कोभिड—१९) कारणले विश्व नै महामारीमा फसेको छ । वडाबासीहरु धैर्य गर्नुहोस् । आफ्नो घरमा उत्पादन भएको बस्तु खाऔं । बाहिरबाट ल्याएको बस्तुहरु नखाऔं । महामारीबाट बच्न र रोकथाम गर्नेका लागि नेपाल सरकारले लकडाउनको गरिरहेको छ । यसलाई कार्यन्वयन गराउनका लागि हाम्रो वडा कार्यालय निरन्तर खटिरहेको छ । वडाबासीहरुलाई वडाबाट प्रसारण गरिएको सूचनालाई आधारमानी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दछु । हजुरहरुलाई कुनै अभाव, समस्या परेको छ भने मेरो तर्फबाट तपाईलाई पैसाको व्यवस्था गर्नेछु ।










प्रतिक्रिया दिनुहोस्