रावन बिश्वकर्मा, बाँसगढी,
भैरव कन्ट्रक्सन प्रा.लि बाँसगढीले ६८ हजार मुल्य बराबरको खाद्यन्न राहत हस्तान्तरण गरेको छ । बर्दिया बाँसगढी ५ मा रहेको कन्ट्रक्सनले बुधबार ६८ हजार बराबरको ४० घर परिवारलाई पुग्ने गरी बाँसगढी नगरपालिकाको ५ नम्बर वडालाई खाद्यन्न राहत सामाग्री हस्तान्तरण गरेको हो । प्रा.लिका प्रबन्धक देविलाल न्यौपाने र भरत न्यौपानेले वडा अध्यक्ष नरेन्द्र गिरीलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । 
लकडाउन अथार्त बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न परिवारलाई वितरण गर्ने गरी प्रा.लिले प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल र २ वटा साबुनका दरले राहत सामाग्री वडा कार्यालयलाई प्रदान गरेको छ ।
लकडाउनको अबस्थामा दैनिकी चलाउन समस्यामा परेका विपन्न परिवारलाई वितरण गर्ने गरी वडालाई राहत सामाग्री प्रदान गरेकोमा वडा अध्यक्ष गिरीले दुबै संस्थालाई धन्यवाद दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्