मधुर पौडेल
बर्दिया बाँसगढी नगरपालिकामा रहेको एभरेष्ट बैंकका कर्मचारीहरुद्वारा अति विपन्न १२ घरपरिवारलाई राहत सहयोग गरेका छन् । बुधबार एक औपचारीक कार्यक्रममा एभरेष्ट बैंककका शाखा प्रमुख श्याम सुन्दर पाण्डेले बाँसगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्र गिरीको समन्वयमा वडामा रहेका अति विपन्न १२ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
एभरेष्ट बैंकका कर्मचारी जिवन पौडेलले विश्वमा फैलिएको कोरोना भाइरसका कारणले मजदुरहरुलाई छाक र्टान समेत समस्या भएपछि राहत सहयोग गरेका हौं । प्रति घरपरिवारलाई १० के.जि चामल, १ लिटर तेल, १ के.जि दाल, २ वटा साबुन, १ के.जि नुन, १ के.जि स्वायविन समेत प्रदान गरेका हौं उनले भने अहिले देश एउटा दुःखमा रहेको छ यस्तो समयमा सबैको साथ चाहिन्छ ।
त्यसैले हामीले पनि थोरै भएपनि मानविय धर्मको काम गरिएको उनको भनाई थियो । यस्तै वडा नं. ५ का वडा सदस्य हरि पौडेलले यस विषम परिस्थतिमा स्थानीय सरकारले सहयोगको अपेक्षा र सहयोगको आशा लिएको छ । उनले सहयोगी हातहरुको धन्यवाद समेत व्यक्त गरेका थिए ।