नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा, तीन दिन सम्म घरबाहिर निस्किन नपाइने



नेपालगञ्ज  ।

बाँकेको नेपालगञ्जलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।

तीन दिनको फरकमा १६ जना कोरोना भाइरस संक्रमितहरु फेला परेपछि मंगलबारदेखि लागू हुने गरी तीनदिनसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी सर्वदलिय, सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको थियो ।

मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्य रातिसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले जानकारी दिए । यो अवधीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कट्याक ट्रेसिङ र स्वाबं संकलनमा खटिनेहरुलाई आवातजावत गर्न पाइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २२ गते सोमबार