12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

व्यवसायीको लागि राहत प्याकेजको घोषणा गर्न संघको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७  

नेपालगञ्ज ।

उद्योगी व्यवसायीका लागि राहत प्याकेजको घोणा गर्न नेपालगञ्ज उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ । कोरोना भाइरस
(कोभिड–१९) का कारणले उद्योग व्यवसायमा पर्न गएको प्रभावको मुल्यांकन गर्दै राहत प्याकेजको घोषणा गर्न संघले माग गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)को अध्यक्षतामा बुधबार बसेको बैठकले क्षतीको बर्गीकरण गरी राहत प्याकेज दिन आग्रह गरेको थियो । बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको संघका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

उनका अनुसार बैठकले बन्द भएका उद्योगहरु र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को समयमा हुन आउने २०७६ चैत्र महिनादेखि २०७७ अषाढ मसान्तसम्म बैंक ब्याज मिनाहा गर्ने, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तिस प्रतिशत पुर्नकर्जा व्यवस्था गर्नुपर्ने र किस्ताको रुपमा चल्ने सम्पूर्ण ऋणलाई पुर्न तालिकिकरण गर्न जोडदार माग गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष मन्सुरीले पानमा दर्ता रहेका व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६/०७७ मा ५० प्रतिशत छुट दिने, स्थानिय निकायले लिने व्यवसायिक करमा २५ प्रतिशत छुट दिने र घर बहाल करमा शत प्रतिशत छुट दिनका लागि सरकारसँग जोडदार माग गर्ने निर्णय समेत गरिएको बताए ।

त्यस्तै विद्युत कार्यालयले लिने डिमाण्ड शुल्क बन्दाबन्दी (लकडाउन)को समयमा बन्द भएको उद्योगहरुलाई डिमाण्ड शुल्क शत प्रतिशत मिनाहा गर्न र आम नागरिकको हकमा ५० प्रतिशत मिनाहा गर्न सरकारसँग माग गरिएको थियो ।

बन्द रहेका उत्पादनमुलक उद्योगहरु सञ्चालन गराउन सरकारको तर्पmबाट सहज वातावरण मिलाउनका साथै उद्योगी, व्यवसायीहरुले सुरक्षित र सहज हुने गरि पहलकदमी गर्न गराउन र उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि उद्योगी, व्यवसायीहरुको तर्पmबाट ५० प्रतिशत र बाँकी ५० प्रतिशत सरकारको तर्पmबाट अनुदान दिन माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढाव दिने गरि सम्बन्धित निकायहरुले बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने निर्णय गरेको थियो ।

त्यस्तै लकडाउन हुँदा व्यवसायीहरुले आफ्नो व्यापार, व्यवसाय बन्द गरि सम्पूर्ण कारोबार ठप्प भएको हुँदा यो कठिन प्ररिस्थितिमा घरभाडा छुट गर्नु भएको समाचारहरुमा आई रहेका खबरले त्यस्ता घरधनी प्रति संघले हार्दिक अभार प्रकट गर्दै धन्यवाद दिएको छ भने अन्य घरधनीलाई घरभाडा मिनाहाका गरिदिनु हुनका लागि हार्दिक अनुरोध गरेको छ ।

संघले हाल बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा बिक्री वितरण नगर्नु, नगराउनुका साथै कहि, कतै, कसैले गरेको पाईएमा सम्बन्धित निकायले कारबाही गर्न हुन माग गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७     8:47:20 AM  |