मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७
कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका मा रहेको धौलागिरी टेड्रर्स एण्ड सप्लायर्सद्वारा वडा कार्यलयलाई १० क्विटल चामल सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण एक महिना देखि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न नागरिकहरुलाई उनले सहयोग गरेका हुन् ।
धौलागिरी टेड्रर्स एण्ड सप्लायर्सका सञ्चालक एमनाथ पौडेल र दुर्गा पौडेलले लामो समयको लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरिएको जानकारी दिए ।
आर्थिक रुपमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको सञ्चालक पौडेलले बताए । कोहलपुर नगरपालिकामा यो भन्दा पहिले पनि विभिन्न स्थानमा स्यानिटाइजर तथा किट छर्ने कार्य समेत गरेको उनको भनाई थियो ।