कोहलपुर ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरका औषधि पसल बाहेक प्रत्येक दिन साँझ ४ बजेपछि अन्य अत्यावश्यक व्यवसाय नखोल्न निर्देशन जारी गरेको छ । चार साता देखिको लकडाउन सबै भन्दा बढी साँझको समयमा बजारमा उल्लघंनका घटना बढेको भन्दै अत्यावश्यक भनिएका सम्पूर्ण पसल, व्यवसायहरु अर्को सूचना जारी नहुञ्जेल सम्म नखोल्न निर्देशन दिएको हो ।
जिल्लाभरि बैशाख ८ गते देखि लागु हुने गरि अर्को सूचना जारी नहुञ्जेल सम्मको लागि औषधि पसल बाहेक अन्य सम्पूर्ण खाद्य व्यवसायहरु (खाद्य, तरकारी, माछा, मासु, डेरी लगायतका दैनिक उपभोग्य वस्तु बिक्रि वितरण गर्ने पसल समेत) साँझ चार बजपछि नखोल्न सर्वसाधारणलाई जानकारी गराइन्छ ।
जारी बिज्ञप्तिमा भनिएको छ ।यता लकडाउनलाई प्रभावकबारी बनाउनको लागि औषधि पसल मात्र खोल्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए । सूचना उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कार्वाही गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्