16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुरका १५ सहकारीद्वारा एक लाख ५२ हजार पाँच सय सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ८, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका १५ सहकारीद्वारा कोहलपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेका
छन् । सोमबार सहकारी सञ्जाल कोहलपुरका अध्यक्ष डोलराज अर्यालले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई १ लाख ५२ हजार ५ सय रुपँैयाको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणपछि बोल्दै सहकारी सञ्जाल कोहलपुरमा अध्यक्ष डोलराज अर्यालले हामीले दिएको रकम सहि सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । जो साँझ विहान खान जोह गर्ने समेत ग्राहो भैरहेको छ उनीहरुको हातमा राहत पुग्नुपर्दछ उनले भने यहाँ कुनै राजनिति, नातेदार जस्ता पूर्वग्राही रुपमा राहात वितरण नहोस ।

अझै पनि कोहलपुरमा ८० सहकारीहरु रहेका छन् सोही सहकारीहरुबाट पनि रकम संकलन गर्ने काम भैरहेको उनको भनाई थियो । चेक बुझ्दै नगर प्रमुख रावतले लकडाउनका कारणले समस्या परेकाहरुका हातमा राहत पुग्ने उनले दावी गरे । यहाँ कसैको पूर्वग्राही हुँदैन उनले भने जसलाई समस्या परेको छ त्यसको हातमा राहत पुग्छ । कोहलपुर नगरपालिकाका कुनै पनि मजदुरहरुको भोकै हुन नदिने समेत उनले जिकिर गरे ।

जसमा जनविश्वास बहुमुखी सहकारी संस्थाले २५ हजार, सृजना सहकारी संस्थाले १५ हजार र साँझा सहकारी संस्थाले १५ हजार सहयोग गरेका छन् । महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्थाले ११ हजार, भेरी शित भण्डार सहकारी संस्थाले ११ हजार र जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाले ११ हजार रकम सहयोग गरेका छन् ।

यस्तै संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाले १० हजार, नागेश्वरी कृषि सहकारी संस्थाले १० हजार, बैभव लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाले १० हजार, आस्था बहुउदेश्यीय सहकारी संस्थाले १० हजार रकम सहयोग गरेका छन् ।

साथै सृष्टि बहुउदेश्यीय सहकारी संस्थाले ७ हजार, शिखर जडिबुटी उत्पादक सहकारी संस्थाले ५ हजार, जनसेवा कृषि सहकारी संस्थाले ५ हजार, दिब्य बहुउदेश्यीय सहकारी संस्थाले ५ हजार र धु्रवतारा कृषि सहकारी संस्थाले २५ सय रुपैया सहयोग गरेका छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख ८, २०७७     8:02:09 PM  |