बाँकेमा कडा भन्दै ‘लकडाउन’ : एकैदिन ५०१ वटा मोटरसाइलको चाबी नियन्त्रणमा



कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन बाँकेमा कडा पारिदै लगिन थालेको छ । नजिकै रहेको सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेसँगै बाँकेमा समेत लकडाउनलाई कडाई गरिएको छ ।

बाँके प्रहरी लकडाउन उल्लघंन गर्नेहरु विरुद्ध आक्रमक भएर प्रस्तुत भइरहेको हो ।

शनिबार मात्र लकडाउन उल्लघंन गरेर सवारी साधन चलाउने ४४१ वटा मोटरसाइलको चाबी नियन्त्रणमा लिएको बाँके प्रहरीले आइतबार ५०३ वटा मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओलीले लकडाउनमा मनोमानि तरिकाले मोटरसाइकल चलाउने ५०३ वटा मोटरसाइकलको चाबी आइतबार मात्र नियन्त्रणमा लिइएको बताए ।

प्रहरीले अब सरकारले घोषणा गरेको लकडाउन उल्लघंन गर्नेहरु विरुद्ध कुनै सम्झौता नगर्ने बताउँदै उनले अब प्रहरी कानुन अनुसार अगाडि बढ्ने जानकारी दिए ।

बाँकेका नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका सहरहरु दिनभर सुनसान रहेपनी साँझ ५ बजेपछि भने मानिसहरुको भिडभाड लाग्नुका साथै सवारी साधनको चाप बढ्ने गर्दछ ।

सुरुमा सम्झाउदा समेत नमानेपछि बाँके प्रहरी लकडाउन कार्यान्वयन गर्नका लागि कडाईका साथ लागिपरेको हो । लकडाउनलाई प्रभावकारी बनाउनको लागि नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सयौंका संख्यामा परिचालित गरिएको छ ।

बिषेश गरी साँझपख सडकमा तैनाथ भएर प्रहरीले बिना सवारी पास हिडेका सवारी साधनहरुलाई चेकजाँच गर्ने नियन्त्रणमा लिने गरेको छ ।

लकडाउनमा सवारी चलाउनेहरुका चाबी लकडाउन खुलेपछि मात्र सवारी धनीलाई बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २४ गते सोमबार