रावन विश्वकर्मा, बाँसगढी ।
बर्दिया बाँसगढी नगरपालिकाले मास्क उत्पादन गरी वितरण गर्न थालेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण नगरपालिकामा मास्क अभाव भएपछि नगरपालिकाले आफै उत्पादन गरेर नागरिकलाई वितरण गर्न थालेको हो ।
पहिलो चरणमा नगर क्षेत्रका ६० वर्ष माथि उमेर समुहका अति विपन्न जेष्ठ नागरिकहरुलाई मास्क वितरण गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा वडागत रुपमा वितरण गर्नका लागि नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रति वडा २ सयका दरले वितरण सुरु गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाको ६, ७, ८ र ९ वडाका जेष्ठ नागरिकलाई मास्क वितरण गर्ने उनले बताए । बाँसगढी नगर क्षेत्रमा ६० र्वा माथि उमेर समूहका जेष्ठ नागरिक झण्डै ३ हजार रहेका छन् ।
कोरोना भाइरसको उच्च जोखिममा रहेका अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई वितरण गरिने नगर प्रमुख अधिकारीको भनाई रहेको थियो ।
नगरपालिकाले मास्क बनाउने कच्चा पदार्थ खरिद गरी पहिलो चरणमा झण्डै ४ हजार मास्क उत्पादन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्