प्रदेश सांसद नमुनाद्वारा ‘कोभिड १९ रिलिफ फण्ड’को घोषणा , आफैले गरिन् ५० हजार जम्मा



कोहलपुर :

प्रदेश नम्बर पाँचका सदस्य कृष्णा केसी ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको घोषणा गरेकी छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले ५० हजार रिलिफ फण्डको लागि प्रदान गर्ने घोषणा गरेकी हुन् ।

उनको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसकेको छन् ।

सांसद नमूनाद्वारा सुरु गरिएको रिलिफ फण्डले कोरोना भाइरसको कारण लकडाउन गर्नु परेको र त्यसबाट दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने समुदायलाई परेको असरमा काम गर्ने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार