सम्पादकीय : एनजिओ नै हो त कोहलपुर ?



आइतबार एक रेडियो कार्यक्रममा कोहलपुर नगरपालिकाका एक वडा अध्यक्षले नगरपालिका गैरसरकारी संस्था भएको आरोप लगाए । कोहलपुर नगरपालिका एनजिओ सञ्चालन गर्नेले चलाइरहेको छन्, उनीहरुको आतंकमा चलिरहेको छ भन्ने आसय थियो ती वडा अध्यक्षको भनाईमा । यस्तो अभिव्यक्ति दिने निमबहादुर चलाउने कोहलपुर नगरपालिका वडा नम्बर १० का निर्वाचित अध्यक्ष÷जनप्रनिधि हुन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उनी विजयी भएका थिए । उनको अभिव्यक्तिले एक गम्भीर प्रश्न चिन्ह खडा भएको छ । नेपालको संविधानले परिकल्पना गरेको तीन तहका सरकार मध्ये एक स्थानीय तहको रुपमा रहेको कोहलपुरलाई किन एनजिओ भनियो । जनप्रतिनिधिबाटै आएको यस्तो अभिव्यक्तिले ठूलो अर्थ राख्छ । वडाअध्यक्षकोे यो अभिव्यक्ति र अर्का स्थानीय सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण समेत हो ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हरेक नागरिकलाई छ । यो उनको आवेग मात्रै हो की वास्तविकता । यो महत्वपूर्ण पक्ष हो । यो एक सर्वसाधारण जनताको गुनासो नभई जिम्मेवार जनप्रतिनिधिको आक्रोश र आरोप पनि हो । यसै त जनतामा स्थानीय सरकारले गरेको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरिहेका छन् । अझ वडाअध्यक्षबाट आएको यो अभिव्यक्तिले स्वयम जनप्रतिनिधिहरुमा कति चरण निराशा छ । कोहलपुर नगरपालिका कसरी चलिरहेको छ भन्ने देखाएको छ । कोहलपुरको भित्री चित्र समेत बाहिर रहेको छ । यदी यो उनको आरोपको लागि आरोप होइन भने यस विषयमा स्थानीय सरकार माथि नै निगरानी गर्नुपर्छ । उक्त अवसरमा उनले शिक्षा, स्वास्थ्य, यातायात, कृषि पशुपालन हरेक क्षेत्रमा बेथिति रहेको पनि दाबी गरेका छन् । लामो समय विति सक्दा पनि जनता माथि परेको दुःख र निराशा उनले बोलेका हुन् खासमा । यो मामिलामा भने उनले जनताको वास्तविक कुरा बोले कै हुन् ।

यो प्रश्न गर्न उचित होला । सरकारी निकाय एनजिओ हुन सक्छ ? एनजिओले स्थानीय सरकार चलाउन सक्छन् ? उनको भनाई अनुसार सिमित एनजिओ सञ्चालन गरेका व्यक्तिको स्थानीय सरकारमा हालिमुहाली छ । स्थानीय सरकार नै एनजिओकरण हुने सम्भावना रहेको उनको आशय थियो । कोहलपुरमा नेकपा सत्तापक्ष र कांग्रेस प्रतिपक्ष जस्तो छन् । सोही अनुसार पार्टीगत भूमिकामा यहाँका जनप्रतिनिधि देखिने गरेका छन् । अहिले सम्मको उनीहरुको भूमिकालाई हेर्ने हो भने जनपक्षीय काम गर्नु भन्दा व्यक्तिगत स्वार्थका लागि काम गर्ने गरेको जनताको गुनासो छ । यो अभिव्यक्तिलाई पार्टीगत पूर्वाग्रहमा बोलिएको भनेर अथ्याउनु उपयुक्त नहोला । यसको हरेक क्षेत्रले उत्तर चाहेको छ । यहाँको नेतृत्वले पुष्टि गर्न सक्नुपर्छ । संविधानतः यो सरकारीको एक निकाय हो या एनजिओ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २० गते मंगलबार