कोहलपुर ।
लगातार तिन पटक मेयर कप रनिङ्ग शिल्डमा उपाधि जित्दै गोर्खा यूनाईटेड स्कुलले ह्याट्रिक गरेको छ ।
हालै सञ्चालन भएको तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पनि उपाधि जितेपछि गोर्खा यूनाईटेड स्कुलले ह्याट्रिक गरेको हो ।
यस वर्षमा पनिगोर्खा यूनाईटेड स्कुलले १४ स्वर्ण, रजत ५ र काष्य २ प्राप्त गरी मेयर कप प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भएको थियो ।
यस्तै गोर्खा यूनाईटेड स्कुलले २०७४ सालमा ९ स्वर्ण, रजत २ र काष्य ४ ल्याई प्रथम उपाधि जितेको थियो भने २०७५ सालमा १० स्वर्ण, रजत २ र काष्य ४ ल्याएर उपाधि जितेको थियो ।
प्रकाशित मिति : २०७६ फागुन ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्