नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री बादल लगायतका केन्द्रिय नेताहरु कोहलपुर आइपुगे (फोटोफिचर)



कोहलपुर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल लगाएतका केन्द्रिय नेताहरु बाँकेको कोहलपुर आइपुगेका छन् ।

बुद्ध एयरको विमानबाट अध्यक्ष प्रचण्डसहितका नेकपाका केन्द्रिय नेताहरु नेपालगञ्जमा विमानस्थलमा बिहान ११ बजे आइपुगेका हुन् ।

प्रचण्डसहितका नेताहरुलाई उजामन्त्री बर्षमान पुन, पुर्णाकुमारी सुवेदी, सांसद महेश्वर गहतराज अथक, इन्द्रप्रसाद खरेल आइपी, कृष्णा केसी नमुना लगायतहरुले विमानस्थलमा स्वागत गरेका थिए । उनीसहितको टोली कोहलपुर आइपुगेको छ ।

नेकपाको देशव्यापी विशेष अभियानको उद्घाटन गर्न प्रचण्डसहितका नेताहरु कोहलपुर आएका हुन् । अभियानको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य समारोहका बीच शुरुवात गरिनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ४ गते आइतबार