सरकारले निजी विद्यालय विरुद्ध जति कडा नियम र कानून ल्याएपनि बन्द हुदैन : सापकोटा



डिल्ली शाही ।

बाँके जिल्लाको राष्ट्रिय निजी तथा आवाशीय विद्यालयका एशोसिएसन (नेशनल प्याब्सन) को आठौ अधिवेशन सम्पन्न भएको छ । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले अधिबेशनको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै सापकोटाले निजी विद्यालय विरुद्ध जस्तो सुकै कडा नियम कानून ल्याएपनि बन्द नहुने बताए ।

‘निजी विद्यालयले सामुदायिक विद्यालको भन्दा गुणस्तरीय शिक्षा दिएको छ’ उनले ‘हामीलाई समुदायले पनि स्वीकारी सकेको अवस्था छ ।’ ‘नेपाल सरकारका शिक्षा विद् ५० वर्ष पहिले पनि तिनै शिक्षा विद्हरु थिए अहिले पनि त्यही नै छन्’ उनले थपे, ‘तर उनीहरुका छोराछोरीहरु भने भित्रभित्रै निजी विद्यालयहरुमा अध्यापन गराउँदै आएका छन् ।’ ती शिक्षा विद्हरुले निजी विद्यालयहरुलाई बन्द गराउन चाहान्छन् तर सामुदायिक शिक्षामा कुनै चासो नदिएको उनको भनाई थियो ।

उनका अनुसार नेपाललाई आर्थिक र समृद्धिको विकासको लागि निजी विद्यालहरुले निकै योगदान गरेको बताए । ‘नेपाल सरकारले सामुदायिक विद्यालयमा लयाएको जति निजी क्षेत्रलाई लगानी गरेको भए अहिले उच्च बिन्दुमा पुग्ने थियो’ उनले भने ‘तर सामुदायिक शिक्षा क्षेत्रमा राजनितिकको अखजा बन्दै गएकोले शिक्षा प्रणाली नै धमिलो भएको उनको भनाई थियो ।’

यस्तै नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रताव थापाले नेपालको शिक्षा प्रणालीमा ३० प्रतिशत निजी क्षेत्रले ओगटेको बताए । ‘निजी विद्यालयलाई विभिन्न बहानामा बन्द गराउन सरकारको निति पटकपटक लाइएको छ’ उनले भने ‘यसको नेशनल व्याब्सन तिव्र विरोद्ध गरेको छ ।’ सामुदायिक शिक्षामा अरबै लगानी गरेर पनि शिक्षा शुन्य उपलब्धी गरेको छ त्यसैले हाम्रो निजी लगानीमा रजाँई गर्न नपाउने उनले व्यक्त गरे । यस्तै नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्रीकृष्ण उप्रेतिले राज्यको सामाजिक उत्रदायित्व निजी विद्यालयले गरेको बताए । ‘निजी विद्यालयलाई निकै नै विश्वास गरेका हुन्छन्’ उनले भने ‘सामुदायिक विद्यालयलाई विश्वास गदैनन ।’ किनकी शिक्षकहरु कुनै न कुनै राजतिनिकको दलदलमा फसिरहेको उनले आरोप लगाएका थिए ।

नेशनल प्याब्सनका बाँके जिल्ला अध्यक्ष श्याम कुंवरले निजी विद्यालयलाई कसैले बन्द गर्न नसक्ने बताए । ‘यो सरकारले लगाएको लगानी होइन्’ उनले भने ‘यो हामीले निजी विद्यालय खोलेका कारणले बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाइरहेका छन् ।’ निजी विद्यालय संगठन प्याब्सनमा पनि राजनितिक छिरिसकेकोले अब यसको भविष्य शुनश्चित नभएको समेत उनको भनाई थियो ।

यस्तै नेशनल प्याब्सनका नवनिर्वाचित दाङ जिल्लाका अध्यक्ष विमल गौतमले अभिभावकले चाहे जस्तो बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । ‘पछिल्लो समयमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरुलाई बढि विश्वास गर्दछन्’ उनले भने ‘किनकी सामुदायिक शिक्षा निती, नियम, नियामावली, कार्यविधिमा राम्रो छ तर कागजमा मात्र सिमित भयो ।’ अधिवेशनमा साँस्कृतिक कार्यक्रम तथा संस्थापक तथा विभिन्न खेलकुदका संयोजकहरुलाई प्रमाण पत्र सहित सम्मान समेत गरेको थियो । अधिवेशनमा बाँके जिल्लाका ७५ वटा विद्यालयहरु नेशनल प्याव्सनमा आवद्ध छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन १ गते बिहीबार