कोहलपुर महोत्सव सफल पार्न विद्यार्थी संगठनले सहयोग गर्ने



कोहलपुर । 

बाँकेको क्रियाशिल विभिन्न राजनितिक दलका भातृ संगठनले कोहलपुर महोत्सव सफल पार्नको लागि सहयोग गर्ने भएका छन् ।

कोहलपुरमा पुस २४ गते आयोजना हुन लागेको महोत्सव सफल बनाउनको लागि सहयोग गर्ने भएका हुन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुको तर्फबाट आवश्यक सहयोग गर्ने बताईएको हो ।

तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को तीव्र तयारी भईरहेको छ । विभिन्न पक्षहरुको सहयोग समेत महोत्सव आयोजकलाई प्राप्त भईरहेको अवस्थामा विद्यँर्थीहरुबाट समेत यस्तो प्रतिक्रिया आएको हो ।

यस्तै कोहलपुरको विकास र समृद्धिको लागि महत्वपुर्ण भूमिका खेल्न तयार रहेको उल्लेख गरिएको छ ।

तत्कालिन अनेरास्ववियू बाँके क्षेत्र नम्बर १ का अध्यक्ष सुमन घिमिरे, अखिल क्रान्तिकारी कार्यालय सदस्य महेश बस्नेत, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई सचिव उपेन्द्र बिष्ट, रा.प्र.वि.स सयुक्त केन्द्रीय महामन्त्री बिजय काफ्ले र समाजबादी विद्यार्थी युनियन प्रदेश नम्बर ५ मुख्य सचिव संगम पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा महोसत्व प्रति पुर्ण समर्थन रहेको जनाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार