रावन बिश्वकर्मा, बाँसगढी ।
नेपाल भम्रण वर्ष २०२० को अवसरमा बर्दियामा रहेको रम्मापुर सामुदायिक होमस्टेको उद्घाटन गरिएको छ । ‘समृद्धि नेपालको आधार, होमस्टे विकासको पुर्वाधार’ नारा सहित बारबर्दिया ७ दाङ्गपुरमा निर्माण गरिएको होमस्टेको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् ।
उनले रम्मापुर होमस्टेले स्थानीय समुदाय र संस्कृतिलाई पर्यापर्यटन सँग जोड्न सक्नुपर्ने बताए । ‘रम्मापुर क्षेत्र पर्यटनका हिसाबले सम्भाव्य क्षेत्र भएकाले पर्यटन विकासमा होमस्टेको भुमिका महत्वपुर्ण रहन्छ’ उनले भने, ‘वन क्षेत्र भित्र वन्यजन्तु र चराचुरुङ्गीको सुरक्षित बाँसस्थान तयार गर्न सके मात्रै पर्यटकहरुको आकर्षण बढ्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्र्छ ।’ फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले स्थानीय सरकारले निर्माण गर्ने पुर्वाधार र लगानी स्थानिय समुदाय केन्द्रीत गर्नु पर्ने बताएका थिए ।
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारुले बारबर्दियाको पर्यटन प्रवद्र्धनका लागि रम्मापुर होमस्टेले टेवा पुर्याउने दाबी गरे । ‘रम्मापुर सामुदायिक होमस्टे बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ’ उनले भने, ‘पुर्वपश्चिम राजमार्गसँग जोडिएको र बारबर्दिया नगरपालिकाको केन्द्र जयनगर जाने प्रबेशद्धार पनि भएकाले नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकन गरी बाँस बस्नका लागि यो होमस्टे निकै उपयुक्त मानिएको छ ।’
रम्मापुर सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण चौधरीले होमस्टेलाई बारबर्दिया कै नमुना होमस्टेको रुपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार होमस्टेमा आएका पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने, हात्ती सफारी, नजिकै रहेको बबई नदिमा ¥याप्टीङ्गको व्यवस्था, स्थानिय परिकार र थारु साँस्कृतिक प्रस्तुति लगायतका प्याकेज सञ्चालन गरिनेछ ।
सामुदायिक होमस्टेमा हाल ८ वटा होमस्टे सञ्चालनमा आएको र बाँकी ४ वटा केही दिन मै सञ्चालनमा आउने होमस्टे सञ्चालक पतिराम चौधरीले बताए । उनका अनुसार प्रति होमस्टे निर्माणका लागि झण्डै ८ लाख बढी लगानी गरिएको छ । बारबर्दिया नगरपालिकामा नै सत्खलुवा सिमसार क्षेत्रमा खैरेनी सामुदायिक होमस्टे पनि सञ्चालनमा रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बर्दियामा होमस्टे सञ्चालनलाई प्राथमिकता दिईएको हो ।
प्रतिक्रिया दिनुहोस्