कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको एकमात्र पाँच तारे होटल सेन्टर प्लाजाले नयाँ वर्ष २०२० र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विशेष सांगितिक कार्यक्रम हुदैछ ।
पुस १५ गते साँझ ७ बजे देखि सुरु भई १ बजे सम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुने बताईएको छ । कार्यक्रमको अवसरमा स्थानीय नव प्रतिभाशाली गायक र डान्सरहरुको प्रस्तुती रहने होटलका व्यवस्थापक दिपक अर्यालले बताए ।
उक्त अवसरमा सहभागीता जनाउने ग्राहक तथा दर्शकहरुको लागि साथै खाना पिउन र बास बस्नका लागि विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
होटलका मार्केटिङ म्यानेजर विनोद बुढाथोकीका अनुसार नयाँ वर्ष २०२० लाई भव्य स्वागत गर्ने कार्यक्रम हुनेछ ।
भने भ्रमण वर्ष २०२० लाई लक्षित गदै शुक्रबारीय सांगितिक साझँ गर्न र विभिन्न टुर प्याकेजको व्यवस्था समेत गर्न लागिएको जानकारी दिए ।
प्रकाशित मिति : २०७६ पुस १४ गते सोमबार








प्रतिक्रिया दिनुहोस्