कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम तीन जना प्रश्नकर्ता र ६४ जनाको सहभागितामा सम्पन्न भएको छ ।
आईतबार चालु आर्थिक वर्ष २०७६०७७ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थयो । उक्त कार्यक्रममा जम्मा ६४ जनाको सहभागिता थियो । तीन जना मात्रै प्रश्नकर्ता ।
सार्वजनिक सुनुवाई जस्तो महत्वपुर्ण कार्यक्रmमा स्वय जनप्रतिनिधिहरुको उदासिनत प्रति सहभागिले गम्भिर ध्यानाकर्षण भएको जनाए ।
कार्यक्रममा प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना वडा अध्यक्ष, चार जना कार्यपालिका सदस्य, कर्मचारी, केही सेवाग्राही र संचारकर्मी,पत्रकारहरु मात्र सहभागी थिए ।
जबकी सहभागीहरुको लागि भनेर राखिएका कुर्सीको संख्या मात्रै करिब ३ सय बढी थियो । कार्यक्रमा सहभागी लुट बहादुर केसीले सार्वजनिक सुनुवाई प्रक्रियाका विषयमा असन्तुष्टी व्यक्त गरे ।
उनले खाली कुर्सी सँग सार्वजनिक सुनुवाई कार्य हुनु राम्रो भएको भन्दै टिप्पणी गरे । अर्का सहभागी बलराम काफ्लेले जनताका माग सम्बोधन गर्नुको साटो जनप्रतिनिधिको भाग्ने प्रवृत्तिका कारण कोहलपुरको विकास हुन नसक्ने बताए
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले चालु आर्थिक वर्षको पुजीगत बजेट खर्च १३ र चालु बजेट खर्च १६ प्रतिशत मात्रै भएको जानकारी दिए ।उनका अनुसार १५ वटा वडामा ४० वटा गौरवका आयोजनाको डिपिआर तयार भएको छ
। उता सहजीकरण संस्था उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेका निर्देशक रवि रोकाया सार्वजनिक सुनुवाई पुर्व सस्थाले गर्नु पर्ने सम्पुर्ण प्रक्रिया पुरा गरेको दाबि गर्छन् । कार्यक्रमको कोहलपुरमा क्रियाशिल रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्