27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोहलपुरमा मःम उद्योग सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६  

कोहलपुर।

बाँकेको कोहलपुर दशविगाहमा मःम उद्योग सञ्चालनमा आएको छ । बिहिबारदेखि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
वाउ मःम उद्योगका सञ्चालक संगिता शाहीले प्रति घण्टामा ३५ सय पिस उत्पादन गर्ने बताइन् ।

कोहलपुरमा पहिलो पटक मःम उद्योग सञ्चालन गरिरहेकी छु उनले भनीन् बाँके, बर्दिया, धनगढी, दाङ लगायत सुर्खेतसम्म पु¥याउने लक्ष्य छ । चिकेन, मटन, भेज गरी तिन प्रकारका मःमहरु अहिले तयार गरिने उनको भनाई थियो ।

सञ्चालक शाहीका अनुसार आठ लाखको लगानीमा पहिलो पटक मःम उद्योग सञ्चालन गरेको बताइन् । प्लेटको ५० रुपैयाँ पर्दछ उनले भनीन् बाँके लगायत अन्य जिल्ला समेत डेलिभरीको व्यवस्था रहेको छ ।

प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६     5:34:46 PM  |