27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

‘घुईयाबारी सडकलाई  राष्ट्रिय मुद्धा बनाऔँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ९, २०७६  

कोहलपुर ।
बाँके कोहलपुरको दिगो विकासको लागि आवश्यक योजनामा एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको सरोकारवालाले बताएका छन् । आर्थिक, भौतिक र सामाजिक विकासको लागि गौरवका योजनामा प्राथमिकताका आधारमा अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

मंगलबार कोहलपुरमा आयोजित विकास संवाद अन्र्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले यस्तो बताएका थिए । गौरवका योजनाहरुलाई पहिलो प्राथमिकतामा राख्नको लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरुको भनाई रहेको थियो ।
कोहलपुरमा मात्रै चालु आर्थिक वर्षमा क्रमागत योजनाका रुपमा दर्जन बढी योजनाहरु रहेका छन् । शिक्षा, खेलकूद, सडक, निर्माण लगायत क्षेत्रमा गौरवका योजनाहरु सुरुवातको चरणमा हो । यिनै गौरवका योजना मध्ये एक हो, चप्परगौडी, खड्कवार, घुईयाबारी हुदै सल्यान जोड्ने प्रादेशीय पर्यटन मार्ग । यस मार्गको विषयमा लामो समयदेखि चर्चा र परिचर्चा हुने गरेको छ ।

अन्तरप्रदेश जोड्ने उक्त सडक बनाउने चर्चा हुन थालेको मात्रै एक दशक पुगिसकेको छ । मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै चप्परगौडी, खड्कवार, घुईयाबारी हुदै सल्यान जोड्ने प्रादेशीय पर्यटन मार्ग निर्माण संघर्ष समितिका अध्यक्ष सुर्य ढकालले प्रदेश स्तरीय सडकलाई राष्ट्रिय मुद्धा बनाईने बताए ।

उनका अनुसार कोहलपुरको आर्थिक उत्पादन र यहाँका उत्पादन बजारीकरणका लागि समेत उक्त मार्ग आवश्यक छ । ‘यो कोहलपुर १२ र १३ नम्बर वडाको लगि मात्रै होईन’ उनले भने, ‘समग्र कोहलपुरको आर्थिक विकास र समृद्धिका लागि हो ।’ संघर्ष समितिले केही दिनमा कर्णाली प्रदेश र प्रदेश ५ का मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँग भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको ढकालले जानकारी दिए

यस्तै योजना र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउनुका साथै अर्थमन्त्रीलाई कोहलपुरमा ल्याएर जनताका आवाज सुनाउने लक्ष्य राखेको उनले बताए । अबको तीन सम्म पर्यटन मार्ग निर्माणको सम्पुर्ण खाका बनिसकेर निर्माण कार्य समेत सुरु हुने उनले जिकिर गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले चप्परगौडी, खड्कवार, घुईयाबारी हुँदै सल्यान जोड्ने प्रादेशीय पर्यटन मार्ग साझा मुद्धा भएको
बताईन् ।

उनले गौरवको योजनालाई व्यक्ति पिच्छे एजेण्डा बनाईन नहुने बताएकी हुन् । ‘उक्त सडक मार्ग बनाउन जे गर्नु पर्छ तयार छौ’ अध्यक्ष अधिकारीले भनिन्, ‘हामी सहिद बन्नुपरे पनि तयार छौ ।’ यस्तै नगर विकास समितिका पुर्व अध्यक्ष प्रेम भूसालका अनुसार कोहलपुरको समृद्धि र विकासको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । उनले साझा मुद्धामा एकजुट भएर गएमा सडक निर्माण सम्भव रहेको बताए ।
गौरवका योजना प्राथमिकता
सरोकारवालाहरुको सहभागितामा आयोजना गरिएको विकास संवादमा कोहलपुरका गौरवका योजनाहरुको विषयमा समेत अन्र्तक्रिया भएको थियो । सहभागी सरोकारवालाले गौरव योजना निर्माणमा राजनितिकरण र ढिलासुस्ती गर्न नहुनेमा जोड दिएका थिए । योजनाको विषयमा सहभागीहरुको जिज्ञासा माथि जवाफ दिदै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका कोहलपुरको समृद्धि र विकासका लागि गूरुयोजना तयार पारिरहेको बताए ।

उनका अनुसार विकास र समृद्धिका लागि सबैको हातेमालो आवश्यक रहेको छ । समृद्ध नगर बनाउनको लागि गौरवका योजना नै प्राथमिकतामा रहेको उनको भनाई छ । कोहलपुर क्रिकेट रंगशाला, बाल अस्पताल, सिटीहल, आधुनिक बधशाला, भू टावर, बोटानिक पार्क लगायतका योजनाका बारेमा बोल्दै प्रमुख रावतले सबै योजना प्रक्रियागत हिसाबले सुरु हुदै जाने बताए ।

कोहलपुरमा बाल अस्पाताल निर्माणको लागि ५० लाख रुपैंयाँ विनियोजन भएको र छिट्ने निर्माण कार्य सुरु हुने बताए ।

यस्तै क्रिकेट रगंशाला निर्माणको लागि संघीय सरकारबाट २ करोड र नगरपालिकाबाट २० लाख रकम विनियोजन भएको जानकारी दिए । यस्तै १५ शथ्याको अस्पताल निर्माण, सौर्य उर्जाबाट बिजुली निकाल्ने, फोहोर मैला व्यवस्थापन तथा छाडा पशु चौपाय नियन्त्रणको लागि कार्य अघि बढिरहेको बताए ।

चप्परगौडी, खड्कवार, घुईयाबारी हुदै सल्यान जोड्ने प्रादेशीय पर्यटन मार्गका विषयमा स्पष्ट रुपमा नबोलेका उनले गौरवका योजना नै प्राथमिकतामा रहेकोमा जोड दिएका थिए ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रकाशित मितिः बुधबार, पुस ९, २०७६     8:12:08 PM  |