नेपालगञ्ज ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय नेपालगञ्जले अटो दुर्घटनामा मृत्यु भएका बिमककी श्रीमतीलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय श्याम प्रसाद तिवारीको श्रीमती कविता पौडेललाई रु पाँच लाख बिमा गरे बाफत दस लाख पच्चीस हजारको चेक हस्तान्तरण गरिएको हो ।
बिहीबार एक शोक कार्यक्रमको आयोजना गरि १३ औं पुण्यतिथिका दिन बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ तथा प्रदेश प्रमुख नारायण पंगेनीद्वारा बढैयाताल गाँउपालिका–२, सितापुरमा चेक हस्तान्तरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले २१ औँ शताब्दीमा बिमाको महत्व बारेमा प्रस्ट पार्दै नीजले गरेको बिमाका कारण परिवारलाई हुन गएको आर्थिक क्षतिमा राहात मिलेको बताए । उनले सबैलाई जीवन सुरक्षाको लागि बिमा गर्न समेत सुझाएका थिए ।
प्रदेश प्रमुख नारायण पंगेनीले बिमा दाबी भुक्तानी छिटो छरितो हुनुपर्ने तथा कम्पनीले बिना झन्झट दाबीलाई सहज बनाउनुपर्ने बताए । कालले कोही पनि ठुलो र सानो, धनी र गरिब जस्ता कुनै मापदण्ड नराख्ने बताउँदै आफ्नो परिवारको सम्पुर्ण आर्थिक जोखिम ,दुःखको साथी, बिमा कम्पनीलाई दिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्