नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा आगामी पुस ११देखि २१ गते सम्म हुने महोत्सव सफल बनाउनको लागि छलफल गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा हुन लागेको महोत्सव सफल बनाउन छलफल गरिएको हो ।
‘मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको’ भन्ने मूल नाराका साथ ‘दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६’ सफल बनाउन बिहीबार छलफल भएको थियो । घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा महोत्सवलाई सफल बनाउन तीव्र तयारी गर्ने निष्कर्ष निकालिएको छ । घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धनका लागि महोत्सव प्रभावकारी हुने उनले बताए ।
उनले यस्ता महोत्सवलाई सफल बनाउन सहकार्य गर्न आह्वान समेत गरे । छलफल कार्यक्रममा महिला उद्यमी समितिको प्रदेश ५ अध्यक्ष शान्ता शर्मा, केन्द्रीय सदस्य कुवेर रिजाल, जिल्ला अध्यक्ष समर बहादुर खत्री, पूर्व अध्यक्ष जिवनाथ सापकोटा, ओमप्रताप राणा, शेषकान्त शर्मा, सल्लाहकार रामशरण बिसी, जिल्ला महासचिव मधु खड्का, कोहलपुर नगर समिति अध्यक्ष हेम बिसी, जानकी समितिको अध्यक्ष बिष्णु प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । महोत्सव मुल आयोजक समिति संयोजक रचना श्रेष्ठ, उपसंयोजक मीना शर्मा ढकालले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्