कोहलपुर।
दैनिक हजारौ यात्रु तथा सर्वसाधारणको निकै चाप हुने कोहलपुर क्षेत्र दुई दिन निकै अस्तव्यस्त अवस्थामा छ । आईतबार एक स्कुले बालिकालाई टकले ठक्कर दिएपछि घटनाले आन्दोलनको रुपमा लिएपछि दिनभर तोडफोड र प्रदर्शन भएको थियो ।
सोमबार समेत अस्तव्यस्त अवस्थामा रहेको छ । घटनाको विभिन्न पक्षबाट व्यापक विरोध भईरहेको छ । सबै पक्षले घटनालाई शान्त बनाउनको लागि माग गरिरहेका छन् । तर अर्कातिर आन्दोलन समेत भईरहेको छ ।
स्थिति शान्त पार्नको लागि आईतबार तीन बजेबाट लगाईएको कफ्यु अझै हट्न सकेको छ । यस्तै आज फेरी बस्ने भनिएको सर्वपक्षीय बैठक समेत बस्न सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का काठमाडौबाट बाँके आईपुग्न ढिलो भएका कारण बैठक बस्न नसकेको हो । सोमबार केही युवाहरुको समूहले प्रदर्शन गरिहेका छन् । कोहलपुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्