कोहलपुर घटना : नेविसंघको काठमाडौंमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग



कोहलपुर।

बाँकेको कोहलपुर घटनाको विरोधमा काठमाडौंमा समेत प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

शुपति क्याम्पसबाट सुरु भएको विरोर्ध याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।

नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर(१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज(कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सोमबार पनि कोहलपुर अस्तव्यस्त रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार