कोहलपुर :
आईतबार भएको कोहलपुर घटनालाई अतिरन्जित बनाउनको लागि आफूले टायर बालेर प्रर्दशन नगरेको नेविसंघले दावि गरेको छ । घटनालाई लिएर सोमबार पनि कोहलपुर अस्तव्यस्त बनेकको छ ।
सोमबार बिहान घटनाका दोषिलाई कारबाहीको माग गरिएको भन्दै टायर बाँल्ने काम आफुहरुले नगरेको नेविसंघले दावि गरेको हो ।
नेविसंघ बागेश्वरी कमिटिका सभापति राम प्रसाद पाण्डेयले नेविसंघले टायर बालेर प्रदर्शन नगरेको बताए ।
उनका अनुसार कोहलपुरमा नभईरहेको घटनाको विषयमा सोमबार भएको प्रदर्शनमा नेविसंघको सस्थागत सहभागिता छैन । उनले भ्रम फैलाउने काम नगर्न समेत सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्