कोहलपुरमा ३ बजेदेखि कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरमाकाठमाडौं लगियो



कोहलपुर ।

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

उत्तर नौवस्तादेखि दक्षिणमा राझा चोकसम्म, पूर्व रोहीनी खोलादेखि किरणखोलासम्म कर्फयू जारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार