संघियताको मुलभूत सिद्धान्त हो, शक्ति विकेन्द्रीकरण । यही शक्ति विकेन्द्रीकरणको सिद्धान्तमा आधारित छ, नेपालमा पहिलो पटक लागु गरिएको
संघियता । केन्द्रीत शासन व्यवस्था पछि पहिलो संघियताको अभ्यास भईरहेको छ । विभिन्न राजनितिक र सामाजिक आन्दोलनको उपज समेत हो । ६० वर्ष लामो शासन व्यवस्थाको अन्त्य सँगै व्यवस्थामा नेपालमा लागु गरिएको थियो । विश्वका अन्य धेरै देशमा बरदान सावित भएको छ भने केही देशमा अभिसाप जस्तो भएको संघियता । नेपालको संविधान २०७२ ले समेत नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा व्याख्या गरेको छ । गोपाल वंश शासन काल देखि आईपुग्दा नेपाली जनताले धेरै बलिदान गरेका छन् ।
संघियताका कार्यान्वयनका २ वर्ष समेत व्यधित भईसकेको छ । गाउँ गाउँमा सिहदरबार नारा खुब चल्यो संघियता पछि । देशको राजधानीमा सिमित राज्य सञ्चालनको अधिकार गाउँँमा पुगेको छ । केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन सरकार सञ्चालनमा छन् । संघियतामा शक्ति विकेन्द्रीकरणका केही मुख्य उदाहरण हुन् तीन तहका सरकार । गाउँको सबै भन्दा नजिकको सरकार हो, स्थानीय तह । हिजो सामान्य काम गर्नको लागि राजधानी वा सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य पक्कै भएको छ । राजधानी र सदरमुकामका अधिकार गाउँ आउन थालिसकेका छन् । समग्रमा हेर्दा जनप्रतिनिधि माथि जनताको असन्तुष्टि रहेपनि राज्य सञ्चालनको क्रम सँगै विस्तारै स्थानीय स्तरमा जनतामा सेवा सुविधामा पहुँज बढ्दो क्रममा रहेको छ । हिजो घण्टौ हिडेर सामान्य सेवा लिन पनि सदरमुकाम जानु पर्ने अवस्था थियो । अहिले भने त्यस्तो समस्या देशभर जनताले सेवा पाएका छन् ।
केही स्थानमा अपवाद बाहेक । राजस्व,मालपोत, नापि र बैंकिङ पहुँज गाउँ सम्म पुगेका छन् । यसलाई सबैले सकारात्मक ढंगले लिनु पर्छ । देश अहिले संक्रमण कालिन अवस्थामा रहेका कारण देशको समस्या सँग जनता अवश्य पनि जानकारी हुनु आवश्यक हुन्छ । यस्तो समयमा व्यक्तिगत भन्दा पनि राष्टिय हितलाई ध्यान दिने हो । सामुहिकता हामी मानव जातिको पहिचान हो । देश विकासको लागि हामीले निकै अपेक्षा गरेको व्यवस्था समेत हो संघियता । कार्यान्वयनमा ल्याउन सबै एकजुट होउ ।









प्रतिक्रिया दिनुहोस्