कोहलपुर ।
तुल्सीपुरदेखि नेपालगञ्ज आउन लागेको बस विहान कुसुममा दुर्घटना भएको छ ।
ना ५ ख ६४४९ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी बााकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार तिव्र गतिका कारणले बस दुर्घटना भएको बताएको छ ।
घाइतेहरुलाई कोहलपुर मेडिकल कलेजमा लिइएको जिल्ला ट्राफिक कार्यालयले बताएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्