कोहलपुर ।
भारत सरकारले केही दिन पहिला सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुमिलाई समेटेको विरोधमा बाँकेको कोहलपुरमा साहित्यकारहरुले विरोध जनाएका छन् ।
शनिबार कोहलपुर चौराहामा जम्मा भएका यहाँका साहित्यकारहरुले आफ्ना साहित्यिक प्रतिभा मार्फत विरोध जनाएका थिए ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सीमा अतिक्रमण विरुद्धमा स्वाधिनताका स्वरहरु कार्यक्रमको आयोजना गरेको थियो ।
सोही कार्यक्रममा साहित्यकारहरुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भुमि राखेको भन्दै भारतको चर्को विरोध गरेका थिए ।
साहित्यकारहरु महानन्द ढकाल, कपिल अन्जान, डा.देवेन्द्र आचार्य लगायतले रचना वाचन गरेका थिए । भारतको विरुद्धमा विभिन्न समुहले प्रदर्शन गरिएको बेला कोहलपुरका साहित्यकारहरु समेत सकडमा निस्किएका हुन् ।
केही दिनयता नयाँ नक्साको बिरुद्धमा युवा तथा विद्यार्थीहरुले देशका विभिन्न स्थानहरुमा भारतविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले ‘गो ब्याक इन्डिया’ लेखेको ब्यानरसहित प्रदर्शन गर्ने गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘ब्याक अफ इन्डिया’ ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद् मुर्दावादु,’ ‘असमान सन्धीहरु खारेज गर’, ‘कालापानी हाम्रो होु,’ ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गर्ने गर्दछन् ।
रचना बाचनका माध्यमले भारतीय अतिक्रमणको विरोध गरिएको पहिलो पटक हो ।









प्रतिक्रिया दिनुहोस्