कोहलपुर ।
बाँकेको कोहलपुरबाट अवैध पौने चार किलो पाँच औले जडिबुटीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्युरो दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर २ लोकनगरबाट पाँच औलेसहित तीनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका ५ का ४६ वर्षीय अग्र बम, जुम्ला हिम गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया हेम अधिकारी र कोहलपुर ११ बस्ने ५४ वर्षीय विश्वबहादुर शाही रहेका छन् ।
प्रहरी टोलीले शनिबार दिउँसो शंका लागेर बमले बोकेको झोला खानतलासी गर्दा ३ किला ७ सय ग्राम अवैध पाँच औंले बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक शाहीका अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि कोहलपुर प्रहरीको हिरासतमा राखिएको छ ।
आइतबार बरामद गरिएको पाँच औंलेसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेको जिम्मा लगाइने कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्