सल्यान । इन्द्र बुढाथोकी
२ वर्षको छोरा सहित एक महिलालाई बेचविखन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका —३ पाटके छहरा निवासी २ वर्षको छोरा सहितकी २२ वर्षिया निमा रानालाई भारतमा बेचविखन गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
भेरीगंगा नरगपालिका–९ भुरका १८ वर्षिय कोब्रो भनिने दिनेश खड्कालाई प्रहरीले गत हप्ताको शुक्रबार पक्राउ गरेको हो । उनलाई बिहे गर्ने प्रलोभन पारेर भारतको हिमाचल प्रदेशमा लगि बेचेको आरोपमा उनकै घरबाटैबाट प्रक्राउ गरेको खतिवडाले बताए । उनको श्रीमान वैदेशिक रोजगारको शिलशिलामा मलेशियाबाट रहेका कारण नेपाल फर्केपछि प्रहरीमा मुद्धा दायर गरेका थिए ।
२ वर्षको छोरा सहित आमा निमा राना २०७६ असार २५ गतेदेखि हराएकोले उनको खोजी कार्यको जारी रहेको खतिवडाले बताए । खड्कासंग सग्लन भएकी अर्की एक महिला पनि फरार रहेकोले उनको खोजी कार्य जारी रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
२ वर्षको छोरा सहित आमा मिना राना २०७६ असार २५ गतेदेखि हराएकोले उनको खोजी कार्यको जारी रहेको खतिवडाले बताए । खड्कासंग सग्लन भएकी अर्की एक महिला पनि फरार रहेकोले उनको खोजी कार्य जारी रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।









प्रतिक्रिया दिनुहोस्