कोहलपुर/ अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।
सीमा सुरक्षाका लागि खटिएको भारतीय प्रहरीले शंका लागेपछि सोधपुछ गर्दा उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको सुरक्षा अधिकारीको भनाइ छ ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ ।
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्