काठमाडौं । खोटाङमा भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।
दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । #Ratipati.com
प्रकाशित मिति : २०७६ कात्तिक १३ गते बुधबार








प्रतिक्रिया दिनुहोस्