15 July 2024  |   सोमवार, असार ३२, २०८१

नेपालगञ्जको आगलागी नियन्त्रण, ६ वटा दमकल प्रयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका विपि चोकस्थित मयंक पेट्रोल पम्प नजिकैको फर्निचरमा भएको आगलागी नियन्त्रण बाहिर गएको छ ।

सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसल तथा सँगै रहेका गोदाममा आगलागी नियन्त्रण गर्नको लागि ६ वटा दमकल प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणको लागि बाँके र बर्दिया जिल्लामा भएका दमकल घटना स्थलमा झिकाईएको बताईएको छ । बिहीबार बेलुका लागेको आगलागि अझै नियन्त्रणमा आइसकेको छैन ।

स्थानीय, प्रहरी तथा दमकलको सहायताले आगलागि नियन्त्रण जारी भएको छ । बिहीबार बेलुका पौने ६ बजे आगलागी भएका थियो । आगालागीका कारण फर्निचरमा भएका धेरै सामग्री जलेर नष्ट भएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६     8:50:04 PM  |