पाक्यो मार्सी धान, किसानलाई भित्र्याउन चटारो



जुम्ला  ।

किसानहरुलाई यति बेला कालिमार्सी धान  भित्र्याउन चटारो छ । दसैंले धान भित्र्याउन नसकेका  जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन् ।

यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन् । चाँडो तयार हुने कालीमार्सी र चन्दननाथ १ र २ लगायतका क्षेत्रमा पकेकोे किसानहरू बताउँछन् ।

दसैंअघि पानी परेकाले  ज्युलोमा धान पाकेर दाना झर्ने अवस्था भइसकेकाले धान थन्क्याउन हतार भइसकेको सिंँजा गाउँपालिका–२ का राजन खत्रीले बताए ।

उनले भने ‘दसैं टीकाको दोस्रो दिनदेखि नै यहाँका किसानलाई धान काटन चटारो भएको छ ।’

चन्दननाथ नगरपालिकाको डम्पिङ साइटले किसानको धानबाली नष्ट भएको किसानको गुनासो छ । डम्पिङ वरिपरिको झण्डै दर्जन बढी किसानको धानबाली सखाप भएको चन्दनाथ नगरपालिकाका जनक रोकाया बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २९ गते बुधबार