कोहलपुर ।
जुम्लामा पछिल्लो समय प्रेस संचार जगत प्रति हमला बढ्दै गएको छ ।
स्थानीय तह कार्यान्वयन आएपछि जुम्लाका खासगरी पत्रकार माथि हमला र मिडियो माथि नै आँच आउने खालका अभिव्यक्ति खासगरी जनप्रतिनिधिहरुले दिन थालेका छन् ।
विकास गर्ने प्रण सहित जनप्रतिनिधि भएका उनीहरुलाई सार्वजनिक कार्यक्रम मै आफ्नो पेशागत मर्यादा समेतको ख्याल नगरी अभिव्यक्ति दिईरहेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता समेत पत्रकारिता पेशालाई नै कमजोर बनाउने खालका अभिव्यक्ति दिईरहेका हुन् ।
यसैवीच, तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य आदी प्रसाद न्यौपानेले यस्तै अभिव्यक्ति दिएका छन् ।
असोज ७ गते गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य न्यौपानेले पत्रकारहरुले मंञ्च खोज्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले राजनितिक दललाई कुनामा राखेको र पत्रकारलाई मंञ्चमा राखिएको कुरामा पेशागत मर्यादा विपरित पत्रकारहरुको पेशागत तथा व्यक्तित्वमा आँच आउने खाले अभिव्यक्ति दिएका थिए ।
नेपाल पत्रकार महासंघ जुम्लाले एक प्रेस विज्ञप्ति जारी गर्दै वडा सदस्य न्यौपानेको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ जुम्लाका अध्यक्ष बरम बहादुर महतद्धारा हस्ताक्षेरित विज्ञप्तिमा पछिल्लो समय जिल्लाका पत्रकार र प्रेस जगत प्रति हमला बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्याकर्षण भएको जनाएको हो ।
आगामी दिनमा यस्ता खाले अभिव्यक्ति नदिन सम्बन्धित निकायलाई अपिल समेत उक्त पत्र र्माफत गरिएको छ ।
विज्ञप्तिमा पत्रकार माथिको हमला समग्र गणतन्त्र, लोकतन्त्र प्रेस स्वतन्त्रता प्रतिको आक्रमण भएको महासंघको ठहर छ ।
साधै पत्रकारहरुले कहिले काँही पनि मंञ्च नखोजेको तर महसंघले समग्र पत्रकारिता संगठनको र नितिको काम गर्ने महासंघको आसनग्रहण प्रति भएकोले कोही कसैले आपत्ति जनाउन आवश्यक नरहेको प्रति ध्यानाकर्षण गरिएको छ ।
केही महिना अघि पनि तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पनि पत्रकारहरु काम नगरी पैसा माग्ने गरेको भन्दै अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिको समेत महासंघ जुम्लाले आपत्ति जनाएको थियो । पत्रकारको आसन ग्रहण माथि प्रश्न उठाउने न्यौपाने तत्कालिन नेकपा एमालेका पार्टी सचिव समेत हुन् ।









प्रतिक्रिया दिनुहोस्