कोहलपुर ।
बर्दियाको बाँसगढीमा रहेको बालज्योति एकेडेमी ककौरालाई सम्मान तथा पुरुस्कृत गरिएको छ । संविधान दिवस २०७६ को अवसरमा संस्थागत विद्यालय मध्ये माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यालयको रुपमा बाँसगढी नगरपालिकाले बालज्योतिलाई पुरुस्कृत तथा सम्मान गरेको
हो ।
नगरपालिकाले संस्थागत विद्यालय तर्फ उत्कृष्ट ३.२५ जिपिए ल्याएकाले प्रोत्साहन कार्यक्रम अन्तरगत नगद १ लाख सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार संविधान सभा सदस्य द्धय निर्मल प्रकाश सुवेदी, श्याम ढकाल र नगर प्रमुख सालिकराम अधिकारीले विद्यालयका प्रिन्सिपल जित बहादुर रोकायलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यालयका छात्र विमल कुमार थारुलाई समेत १० हजार छात्रबृति प्रदान गरिएको छ भने प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।