29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बर्दियामा डेँगु रोग नियन्त्रण अभियान गाउँगाउँमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १, २०७६  

सुदीप अधिकारी । बर्दिया ।

डेँगु रोगको माहामारी फैलिन नदिन जिल्लामा अभियान संचालन गरिएको छ । जिल्लामा डेँगु रोग नफैलियोस् भनेर यहाँका आठवटै स्थानिय तहले डेँगु रोगका बारेमा जनचेतना अभियान थालेका हुन् । जनचेतना अभियान गाउँगाउँसम्म पुर्याउने स्थानिय तहको योजना छ । जनचेतना अभियानमा स्थानिय जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका,प्रहरी परिचालन भएका छन् । यहाँ स्वास्थ्यकर्मीको अगुवाइमा यहाँका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकाहरुलाई डेँगु रोगका बारेमा विशेष कक्षा संचालन गरिएको छ । बालबालिकाहरुलाई डेँगु रोगका बारेमा जानकारी दिँदा यसको प्रत्यक्ष सकारात्मक प्रभाव परिवार र समुदायमा पर्ने भएकाले यहाँका हरेक विद्यालयमा बालबालिकाहरुलाई यो रोगका बारेमा जानकारी गराउने अभियान थालनी गरिएको ठाकुरबाबा नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामलाल थारुले बताए ।

अभियानलाई प्रभावकारी बनाउन यसको सुरुवात विद्यालयका वालबालिकाहरुबाटै गरिएको वडाध्यक्ष थारुले बताए । विद्यालयमा बालबालिकाहरुलाई डेँगु रोग लाग्ने कारण, यसका लक्षण, उपचार विधी र यो रोगबाट बच्ने उपायहरुका बारेमा जानकारी दिने गरिएको अभियानमा खटिएका स्वास्थ्यकर्मी विष्णु ज्ञवालीले जानकारी दिए । विद्यालयहरुमा श्रव्य दृश्य सामाग्री प्रयोग गरि रोगबारे जानकारी दिने गरिएको उनले बताए । गुलरिया, राजापुर, मधुवन, बढैयाताल यि पालिकाहरुले यो अभियान पुरा गरिसकेका छन् । ठाकुरबाबा नगरपालिकाले भने अभियान संचालन गरिरहेको छ । डेँगुविरुद्धको सचेतना अभियान गाउँगाउँसम्म पुर्याउने ठाकुरबाबा नगरपालिकाको योजना छ ।

गाउँगाउँमा पुर्याइने अभियानमा समुदायका मानिस, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, प्रहरी परिचालन हुने छन् । गाउँगाउँमा पुगेर समुदायका मानिसलाई डेँगु रोगका बारेमा सचेत गराइने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रोष्ठले जानकारी दिए । अभियानमा समुदायका मानिस परिचालन गरि यहाँका घर, सडक, बारीमा रहेका झाडी बुट्यान हटाउने, घर सडक नजिकका खाल्डाखुल्डी पुर्ने लगाएका काम गरिने बताइएको छ ।

केही स्थानिय तहले गाउँ टोल समुदायका घर, सडक र खाल्डाखुल्डीमा लामखुट्टे नियन्त्रण गर्ने औषधी छर्केका छन् । यसका साथै समुदायका मानिसलाई डेँगु रोगबाट बच्ने उपाय तथा सजगताका बारेमा बताइने छ । जिल्लामा डँेगु रोग प्रकोपका रुपमा नरहे पनि सजगता अपनाउन जरुरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । जिल्लाका हालसम्म ९ जना विरामीमा डँेगु रोगको संक्रमण देखिएको र उनीहरुको नेपालगंज र कोहपलुरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

जिल्ला अस्पतालमा चेकजाँचका लागि आएका मध्ये हालसम्म १ जनामा मात्र डेँेगुको संक्रमण देखिएको जनस्वास्थ्य प्रमुख गिरीले बताए । डेँगु रोग फैलाउने लामखुट्टे ससाना खाल्डाखुल्डी, गमला, प्लाष्टिकका बट्टामा जामेको पानी, झाडी लगाएतका स्थानमा बस्ने भएकाले यस्ता लामखुट्टे बस्ने स्थान पत्ता लगाई खोज र नष्ट गर भन्ने अभियानमा सबै समुदाय लाग्ने पर्ने जनस्वास्थ्य प्रमुख गिरीको भनाई छ ।

प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     9:05:09 AM  |