उवासंघ बैजनाथकाे साधारणसभा सम्पन



काेहलपर । उद्योग बाणिज्य संघ बैजनाथ बाँकेको साधारणसभा मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष जनार्दन पोख्रेलको अध्यक्षतामा भएको साधारणसभालाई वैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचालले उद्घाटन गर्दै समृद्ध बैजनाथ निर्माणका लागि उद्योगी ब्यवसायीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा पुर्ब सिचाई राज्य मन्त्री दलबहादुर सुनार,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग ब्यापार संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नेकपाका चन्द्रबहादुर चौधरी, नेपाली काँग्रेसका गगनबहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभयो
औपचारिक उद्घाटन कार्यक्रम सकिएपछिको बन्द सत्र स्थगित भएको छ । विधानको दफा १८ अनुसार, दुईतिहाई उपस्थित नभएपछि साधारणसभाको बन्दसत्र स्थगित भएको हो । ८०२ जना साधारणसदस्य मध्ये २२४ जनामात्रै उपस्थित थिए । साधारणसभा स्थगित भएपछि काँग्रेस सम्वद्ध ब्यवसायीहरुले वैजनाथमा प्रदर्शन गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३१ गते मंगलबार