भदौ २९, बुटवल ।
रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी कुर्मीको हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका–३ मा हत्या भएको हो ।
बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।
कुर्मीको घटनास्थलमै मृत्यु भएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्