विद्यालय शिक्षामा बाल विवाह र बालबेच बिखन विषयले पाएको स्थान र हाम्रो भूमिका



अनन्तकुमर पौड्याल, कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख ।

बाल विवाह र बाल बेचविखन दुवै सामाजिक समस्याहरु हुन् । यसबाट दाम्पत्य जीवनमा समस्याहरु आउँछन् । पारिवारिक तनाव, बेमेल र झगडा हुन्छ । सामाजिक विकृतिहरु देखापर्छन् । अशान्ति बढछ । अनमेल विवाहह र बहुविवाह जस्ता सामाजिक समस्याहरु बढने सम्भावना रहन्छ । यो कुरा समुदायमा कसरी पुरयाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । किनभने बाल विवाह र बाल बेचविखनका सामाजिक समस्याहरु भनेका के के हुन भनी समुदायलाई बताउनु पर्ने भयो । तिनको समाधानका उपायहरु पहिचान गरी विकल्पहरु देखाइ दिनुपरयो । यसका लागि सबैभन्दा उपयुक्त माध्यम शिक्षा नै हो । यसका लागि औपचारिक, अनौपचारिक, अनियमित र आकस्मिक चारै प्रकारका शिक्षाका कार्यक्रमहरुको उपयोग गर्न सकिन्छ ।

आधारभूत र माध्यमिक शिक्षाले बाल विवाह र बाल बेचविखनका विषयवस्तुहरुलाई सङ्गठित पाठ्यक्रम र कार्यतालिका अनुसार क्रमशस् प्राथमिक विद्यालय उमेरदेखि माध्यमिक उमेरसम्म औपचारिक रुपमा शिक्षा दिन्छ । औपचारिक शिक्षाको स्वरुप सङ्गठित र व्यवस्थित हुन्छ । विभिन्न तालिम तथा ट्युसन जस्ता विद्यालय बाहिरका अनौपचारिक शिक्षा कार्यक्रमहरुले पनि त्यस्तो शिक्षा दिन्छन्, तर त्यस्तो शिक्षा बिजुलीको स्विच थिचेजस्तो अन(अफ प्रक्रियामा आधारित हुन्छ । यसको एउटा उपाय निरन्तर शिक्षा कार्यक्रममा यस विषयलाई जोडनु हो । स्थानीय रैडियो तथा टेलिभिजनमा कार्यक्रम चलाएर, बजारमा पोस्टर, साइनबोर्ड, पत्रपत्रिकामा सूचना र जानकारी प्रकाशन, यातायातका साधनमा अडियो गीतहरु बजाउने, स्टीकरहरु टाँसेर जानकारी दिने आदि जस्ता कार्यहरु गरेर अनियमित शिक्षा दिन सकिन्छ । विद्यालय स्तरीय तथा खुला वक्तृत्वकला, निबन्ध कविता आदि लेखन तथा वाचन गर्ने कार्यक्रम चलाएर वा चित्रकला प्रतियोगिता, नाटक आदि गरेर पनि यस बाल विवाह र बाल बेचविखन विषयमा सचेतीकरण गराउन सकिन्छ ।

यहाँ विद्यालय शिक्षामा बाल विवाह र बाल बेचविखन विषयलाई के कति स्थान दिइएको छ भन्ने विषयमा एउटा उदाहरण दिने कोशिस गरिएको छ । हाम्रो देशको वर्तमान विद्यालय पाठ्यक्रममा सामाजिक अध्ययन विषयमा ९ वटा क्षेत्रगत एकाइहरु रहेका छन् । तीमध्ये सामाजिक समस्या र विकृतिलाई एकाइ कक्षा ४ देखि १० सम्म निरन्तरता दिइएको छ । यस एकाइ अन्तर्गत समाजमा रहेका कुरीतिहरु ९कक्षा ४०, सामाजिक समस्या र विकृति ९कक्षा५,६,७,८०, विभिन्न सामाजिक समस्या र विकृति स् पहिचान र समाधानका उपायहरु ९कक्षा ९ र १०० समेटिएका छन् ।
यसैगरी कक्षा ७ को सामाजिक विषयमा सामाजिक समस्या र विकृति शीर्षक अन्तर्गतको पाठमा बालविवाहको कथा छ । सोही पाठको तल समुदायमा प्रचलित सामाजिक विकृति कुरीति अन्धविश्वासका बारेमा छलफल गराउन शिक्षकलाई सुझाव दिइएको छ । सामाजिक समस्याको सूची बनाउन र ती समस्या समाधानका उपायहरु सङ्कलन गर्ने क्रियाकलाप दिइएको छ । यसै विषयवस्तुमा केन्द्रित रही ठिक(बेठिक छुट्याउने अभ्यास दिइएको छ । समुदायमा कस्ता समस्षाहरु छन् भनी प्राथमिकीकरण गर्न, सामाजिक समस्या र विकृतिका कारण लेख्न र सामाजिक समस्या र विकृति कम गर्ने उपाय लेख्ने बोधप्रश्नहरु दिइएका छन् । यस्तै समुदायमा गई त्यहाँ भएका सामाजिक समस्या पहिचान गरी लेख्न, समुदायका वृद्धवृद्धासित छलफल गर्ने र सामाजिक विकृतिबाट पीडित व्यक्तिलाई भेटी त्यसबाट बच्ने उपाय खोज्न र सोका आधारमा अनुच्छेद तयार गर्ने सामुदयिक कार्य दिइएको छ ।
यस्तै कक्षा १० को सामाजिक अध्ययन पाठ्यपुस्तकमा सामाजिक समस्या र समाधान एकाइ अन्तर्गत सामाजिक समस्याका रुपमा मानव बेचविखन र त्यस पाठभित्रको पाठ्यांश ९ख० मा बालबालिका बेचविखनका बारेमा बालबेचविखनको अर्थ, बेचिएपछि पाइने दुस्ख, सचेत गराउने सल्लाह तथा कारण र बेचबिखनबाट रोक्ने उपायहरु उल्लेख गरिएको छ ।
यि दुई वटा उदाहरणहरुले बताउँछन् कि बाल विवाह तथा बाल बेचविखन सम्बन्धी विषयवस्तु पनि सामाजिक विषयमा शिक्षण हुन्छ । पाठ्यपुस्तकमा यस्ता पाठहरु दिइएका छन् । गृहकार्यहरु दिइएका हुन्छन् । सामुदायिक कार्यहरु दिइएका छन् । यी विषयवस्तु र अभ्यासहरुलाई विद्यालयमा विद्यार्थी केन्द्रित विधि प्रयोग गरी राम्रो सित शिक्षण गर्न सकियो भने बालबालिका मात्र होइन तिनका अभिभावकहरुले पनि जान्ने बुझ्ने मौका पाउँछन् । यसले गर्दा विद्यार्थीले सामाजिक विकृतिको रोकथाम र नियन्त्रणका लागि निरोधात्मक उपायहरु जान्ने(बुझ्रने अवसर पाउँछन् । यसले के देखाउँछ भने विद्यालय शिक्षामा बाल अधिकार, बाल विवाह तथा बाल बेचबिखन जस्ता सामाजिक विकृतिका विषयहरुले यथेष्ठ स्थान पाएका छन् । यसलाई विद्यालय शिक्षा शिक्षण पद्धतिमा उपदेशात्मक शिक्षा विधि हैन खोजमूलक अध्ययन विधिबाटै शिक्षण गर्नु उपयुक्त हुन्छ । यसमा सामाजिक विषय, नेपाली भाषा र मातृभाषा विषयका शिक्षकको स्थान महत्वपूर्ण हुन्छ । अनौपचारिक शिक्षा, अनोपचारिक शिक्षा र आकस्मिक शिक्षाको वातावरण स्थानीय तहले बनाइदिन सक्छ ।
तर सामाजिक अध्ययनका यस्ता महत्त्वपूर्ण विषयहरुलाई अङ्ग्रेजी भाषामा कनीकुथी गरेर शिक्षण गर्न खोजियो भने सही सुचना र सन्देश विद्यार्थीमा जान सक्छ भन्ने छैन । कक्षामा बालबालिकाहरुले नबुझ्ने भाषाको प्रयोग गर्‌यो भने सञ्चार र सिकाइमा अवरोध हुन्छ । त्यसैले सामाजिक विषयका पाठलाई मातृभाषामा नै शिक्षण गर्न आवश्यक हुन्छ । समाजिक शिक्षा अहिले सामाजिक अध्ययन भएको छ । शिक्षा अरुबाट लिने ज्ञान हो । अध्ययन भनेको सिकारु आफैँ विद्यालय वरिपरिको समुदायमा गई खोजी गरेर नयाँ कुराहरु ल्याउनु हो । त्यसैले सामाजिक शिक्षा र सामाजिक अध्ययन फरक कुराहरु हुन् । अहिले सामाजिक शिक्षाको पद्धति नै फेरिएको छ । सामाजिक विषयमा मूलतस् समालोचनात्मक चिन्तन विधि प्रयोग गरिन्छ । अर्को कुरा सामाजिक विषयका पाठ शिक्षण गर्नुको मूल अभिप्राय ज्ञान र सिपभन्दा बढी अभिवृत्ति र मूल्य बोधको विकास गर्नु हो । यसका लागि अभिवृत्ति र मूल्य बोध विकास गराउने किसिमका शिक्षण सिकाइ क्रियाकलाप गर्न सक्छन् । यस कार्यमा सामाजिक विषयका शिक्षकको स्थान महत्वपूर्ण हुन्छ । यसैले सामाजिक विषयका शिक्षकहरुलाई स्थानीय तहमा हुने सामाजिक समस्या र समाधानका उपाय सम्बन्धी सबैखाले कार्यक्रमहरुमा सहभागी गराउने नीति बन्नु पर्दछ । त्यस्ता कार्यक्रमहरुमा सामाजिक अध्ययन विषयका पाठ्यक्रम र पाठ्यपुस्तकको अधिकतम् प्रयोग गर्नु पर्दछ ।

अर्को कुरा, शिक्षाले सामाजिक कार्य र क्रान्तिकारी कार्य पनि गर्दछ । सम्बद्ध संस्थाहरुले प्रवाह गर्ने शिक्षण, प्रशिक्षण, प्रवचन, प्रदर्शन, अभिमुखीकरण, तालिम, सचेतीकरण, सेमिनार, प्रचार(प्रसार, परामर्श, सरसल्लाह आदिजस्ता सेवाहरुलाई यस्ता सामाजिक कार्य र क्रान्तकारी कार्यका रुपमा अपनाउन सकिन्छ । यस्तो कार्य एक पटक दुई पटक भनेर र गरेर पुग्दैन । सामाजिक समस्याले जरा गाडेको पुस्तामा निरन्तर भनिरहनु पर्छ । केही न केही नयाँ र फरक कार्यहरु गरिरहनु पर्छ । अनि मात्र प्रभाव देखिन्छ । बीचमा छुटायो र निरन्तरता दिन सिकएन भने बिर्सिहाल्छन् र मानिसहरु पुरानै ढर्रामा फर्किहाल्छन् ।
यसका लागि बाल विवाह र बाल बेचबिखन विरुद्धमा मानिसको अभिवृत्ति र मूल्य बोध विकास गराउन सकिएला र के भएमा सुचना पुगे नपुगेको थाहा हुन्छ सो पत्ता लगाउन स्थानीय तहमा सामाजिक विकृति र समाधानका सूचकहरुको विकास गर्न सकिन्छ । सूचक बमोजिम निराकरणका कार्यक्रमहरु तय गर्न सकिन्छ। सर्वे पनि गर्न सकिन्छ। कार्यक्रमको नतिजा हेर्न सकिन्छ। त्यसपछि थाहा हुन्छ हाम्रो स्थानीय तहमा बालविवाहको स्थिति यथास्थिति र कार्यक्रमको प्रभावकारिता । अनि हाम्रा सूचकले बताउनेछन्, हाम्रो समाज अरुबाट सुनिएको भन्दा राम्रो अवस्थामा छ कि त्योभन्दा पनि तल छ । अनि बल्ल बोलौँ हाम्रो समुदायको बारेमा, हाम्रो अवस्था के छ । अनि सोचौँ, अब के गर्नुपर्छ ।

२०७६ भाद्र २९ गते । राष्ट्रिय बाल दिवस ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार