28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

नारीलाई भुतु,क्कै पार्ने पुरुषमा हुनुपर्ने ११ गुणहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ४, २०७७  

नारी र पुरुष भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । महिलाहरुले पुरुषका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिने गरेका हुन्छन् । पुरुषहरु महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।

उक्त अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषहरुमा महिलाले चाहने ११ गुणहरु पत्ता लगाएका छन् । जसलाई विज्ञानले समेत प्रमाणित गरेको उनीहरुले दावी गरेका छन् । इन्साइडर टेकले प्रकाशन गरेको उक्त रिपोर्टमा पुरुषमा महिलाले चाहने ११ गुणहरुलाई उल्लेख गरिएको छ । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो ।

यस्तो छ पुरुषका ११ गुण जसले महिलालाई हुरुक्कै पार्न सक्छ ।

१. पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।

२. सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।

३. कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

४. महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।

५, मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।

६, ‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

७. जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।

८. अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।

९. थोरै भएपनि रातो रङ मिसिएको पोशाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।

१०. साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।

११. छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।

प्रकाशित मितिः बिहिबार, भदौ ४, २०७७     12:01:21 PM  |