राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुँदै



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाकामा अहिले वक्तृत्वकला प्रतियोगिता हुँदैछ । राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा कोहलपुर नगरपालिका १९ वटा विद्यालयले वक्तृत्वकला प्रतियोगिता सहभागि जनाएका छन् । ‘बाल बिवाह रोकौं, बाल अधिकार सुनिश्चित गरौं’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता हुँदैछ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा महिला तथा बालबालिका शाखा, स्याक नेपाल बाँके, प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जको सहकार्यमा वक्तृत्वकला प्रतियोगिता हुँदैछ । कार्यक्रमको सभापति कोहलपुर नगरपालिका उपप्रमुख तथा बालबालिका संरक्षण समितिका संयोजक सञ्जुकुमारी चौधरी र प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार