कोहलपुर।
बाँकेको कोहलपुर नगपालिका क्षेत्रका सडकमा काटिएका रेलिङ्ग एकाएक हराएका छन् । भाद्र पहिलो साता उद्योग वाणिज्य संघको अगुवाईमा काटिएका रेलिङ्ग एकाएक हराएका हुन् ।
रेलिङ्ग काटिएपछि त्यो व्यापक विरोध भएको थियो । यो विषय अहिले निकै विवादको विषय बनेको छ । सोमबार सम्म उद्योग वाणिज्य संघको कार्यालय परिसरमा रहेका रेलिङ्ग गायब भएका छन् । ६० वटा रेलिङ्ग संघले काटेको थियो । एकाएक कसको निर्देशनमा किन र कहाँ लुकाईयो यो भने रहस्यमयी विषय बनेको छ ।
मिसन टुडे यस विषयमा थप बुझ्न कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा जाँदा कार्यालय नजिकैका एकजना स्थानीय कार्यालयमा त्यसको विषयमा बुझ्न गएका थिए ।
यो पनि पढनुहोस् ।
नाम नबताउने सर्तमा उनले आफुँ पनि त्यस विषयमा बुझ्न आएको बताए । उनले दिउसो कार्यालयमा धेरै मान्छे र ट्याक्टरको आवाज सुनेपछि त्यहाँको आएको जानकारी दिए ।
कहाँ हराए त रेलिङ्ग भन्ने मिसन टुडेको प्रश्नमा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले रेलिङ्गका विषयमा धेरै बोल्न चाहेनन् । बरु उनले व्यवसायीको हितको बारेमा नगरापलिका संगको सहमतिमा मै काटिएको जिकिर गरे ।